CLI
Global College

पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ल्यायो उत्साह करिब ५० अंखले बढ्यो नेप्से

काठमाडौं । सरकारले अघि सारेको २१ बुँदे पुँजी बजार सुधार कार्ययोजनाको सकारात्मक प्रभावका कारण मङ्गलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४८.५७ अङ्कले बढेर २६३३.६२ विन्दुमा पुगेको छ। बजारमा लगानीकर्ताको उत्साह फर्किँदा कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा ३ अर्ब ९० करोड रुपैयाँले वृद्धि भई ८ अर्ब २८ करोड रुपैयाँ नाघेको छ। आइतबार कारोबार रकम ४ अर्ब ३८ करोड रुपैयाँ थियो।

यस दिन सेन्सेटिभ इण्डेक्स ९.१९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अंक बढेको छ।

यस दिन सबै उप समूह बढेका छन् । बैंकिङ १.९० प्रतिशत, विकास बैंक १.७६ ,वित्त २.२६, होटल्स तथा पर्यटन समूह १.४२,  जलविद्युत १.८४, लगानी २.५२, जीवन बीमा २.५९, उत्पादन र प्रशोधन ०.७७, लघुवित्त १.७५, म्युअुचल फण्ड १.००, निर्जीवन बीमा २.८२, अन्य समूह २.१२ र व्यापार समूह ०.९२ प्रतिशतले बढेका छन् ।

यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १४.९६ प्रतिशत बढेको छ। त्यस्तै, सिन्धु विकास बैंकको शेयरमूल्य ११ प्रतिशत बढेको छ भने मल्टीपर्पस फाइनान्स कम्पनीको शेयरमूल्य ९.७३ प्रतिशतभन्दा बढेको छ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ७० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। कम्पनीले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु आकर्षित भएका हुन्। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको कारोबार रकम ३१ करोड १५ लाख  रुपैयाँ नाघेको छ भने अपि पावर कम्पनीको करिब २८ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

Leave Your Comment

Related News