CLI
Global College

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

काठमाडौं ।  सभामुख डोल प्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ।

बैठकमा प्रतिनिधि सभा तथा सचिवालयका कामकारबाहीलाई प्रविधिमैत्री बनाउँदै ‘डिजिटल पार्लियामेन्ट’को अवधारणाअनुरूप विकास गर्ने सम्बन्धमा हालसम्म भएका कार्यप्रगति र आगामी योजनाबारे सचिवालयले समितिका सदस्यहरूलाई जानकारी गराएको थियो।

डिजिटल पार्लियामेन्टको अवधारणाअनुसार प्रतिनिधि सभा तथा सचिवालयका कामकारबाहीलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले आगामी २०८३ भदौ ३१ गते बुधबार परीक्षणको शुभारम्भ गरिने जानकारी बैठकमा दिइएको थियो।

सो सम्बन्धमा समितिका माननीय सदस्यहरूले विभिन्न राय, सुझाव तथा परामर्श दिएका थिए। बैठकमा प्राप्त सुझावलाई समेट्दै डिजिटल पार्लियामेन्टको कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

Leave Your Comment

Related News