CLI
Global College

प्रभु स्टक मार्केटको साधारणसभा आह्वान, के के छन् एजेण्डा ?

काठमाडौं । प्रभु स्टक मार्केट लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बेठकले असोज २३ गतेका लागि तेस्रो साधारणसभा बोलाएको हो ।

उक्त सभा कम्पनीको कार्यालय बुद्धनगर नयाँ बानेश्वरमा अपरान्ह ४ बजे सुरु हुने छ । उक्त सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने छ । त्यस्तै आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफानोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका लेखापरीक्षण प्रतिवेदनमा छलफल गरी पारित गर्ने छ ।

त्यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८३/८४ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको सञ्चालक समितिले समितिको रिक्त स्थानमा गरेको सञ्चालकहरूको नियुक्तिलाई अनुमोदन गर्ने र कम्पनीको आ.व. २०८२/८३ को मुनाफा तथा रिजर्ब कोषबाट कम्पनीको चुक्तापूँजीको ५ प्रतिशतले हुने रकम १ करोड कम्पनीका सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताब पारित गर्ने छ ।

त्यस्तै सभाले विशेष प्रस्तावका रुपमा कम्पनीको सञ्चालक समितिको संख्या परिवर्तन गर्न नियमावलीको नियम २७ (१) (क) मा संशोधन गर्ने, सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधासम्बन्धी व्यवस्थामा संशोधन गर्न कम्पनीको नियमावलीको नियम ३२ (२) संशोधन गर्ने र कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने छ ।

Leave Your Comment

Related News