CLI
Global College

नेशनल लाइफ र नेपाल बैंकबीच कर्मचारीको जीवन बीमासम्बन्धी सम्झौता

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल बैंकबीच बैंकमा कार्यरत कर्मचारीको जीवन बीमासम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा नेशनल लाइफका नायब प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेल र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्लेले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीलाई जीवन बीमा सुविधा उपलब्ध गराइनेछ। यसबाट कर्मचारीको जीवन तथा आर्थिक सुरक्षामा थप सहयोग पुग्ने र जोखिम व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ।

सम्झौता कार्यक्रममा दुवै संस्थाका पदाधिकारी तथा अधिकारीहरूको उपस्थिति थियो। कार्यक्रममा कर्मचारीको सुरक्षा, कल्याण तथा दीर्घकालीन हितका लागि जीवन बीमाको महत्व रहेको बताइएको थियो।

नेशनल लाइफले ग्राहक तथा संस्थागत साझेदारको आवश्यकता र हितलाई ध्यानमा राख्दै विभिन्न जीवन बीमा तथा जोखिम व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको जनाएको छ।

 

 

Leave Your Comment

Related News