RE
Global College

घट्यो सुनको मूल्य, आयो ३ लाख मुनि

काठमाडौं । सुनको मूल्य पुनः ३ लाखमुनि झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँ तोकेको छ ।

बुधबारको तुलनामा बिहीबार सुन तोलामा २ हजार ३०० रुपैयाँ घटेको हो । अघिल्लो दिन ३ लाख १ हजार ८०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ६० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६८५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ६२५ रुपैयाँ कायम भएको छ ।

Leave Your Comment

Related News