RE
Global College

भदौ महिनाका ३३ करदाता उपहार विजेता आज घोषणा हुँदै

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाका विजेताको घोषणा आज हुँदैछ ।

आन्तरिक राजस्व विभाग, लाजिम्पाटको सभाहलमा आयोजित कार्यक्रममा भदौ महिनाभरका उपहार विजेताको नतिजा सार्वजनिक गर्न लागिएको हो । विभागका अनुसार भदौ महिनाका लागि ३१ जना करदाताले जनही १ लाख रुपैयाँ र २ जनाले बम्पर उपहार प्राप्त गर्नेछन् ।

यससँगै आज भदौ महिनाका कुल ३३ जना विजेता घोषणा गरिने विभागले जनाएको छ ।

भोटेकोसी बाढीका कारण यसअघि भदौ १६ गतेका लागि तय गरिएको उपहार घोषणा कार्यक्रम स्थगित गरिएको थियो । स्थगित कार्यक्रम आज आयोजना गरी भदौ महिनाको सम्पूर्ण नतिजा सार्वजनिक गर्न लागिएको विभागले जनाएको छ ।

विभागले कार्यक्रमको प्रत्यक्ष जानकारीका लागि सञ्चारकर्मीलाई उपस्थित हुन अनुरोध गरेको छ ।

Leave Your Comment

Related News