काठमाडौं । ओप्पोले नेपालमा आफ्नो नयाँ रेनो १६ सिरिज औपचारिक रूपमा सार्वजनिक गरेको छ । सिरिजअन्तर्गत ओप्पो रेनो १६ र रेनो १६ एफ रहेका छन। प्रविधि, फेसन र आधुनिक जीवनशैलीलाई एकै ठाउँमा प्रस्तुत गर्दै आयोजित भव्य फेसन शो मार्फत यी स्मार्टफोन सार्वजनिक गरिएको हो ।सार्वजनिक कार्यक्रममा मिस नेपाल वल्र्ड २०२२ तथा पूर्व ब्यूटी विथ अ पर्पस विजेता (एसिया तथा ओसियानिया) प्रियंका रानीजोशी, ग्याजेटबाइट नेपालकी प्रमुख कार्यकारी अधिकृत तथा नेपालको नम्बर १ टेकच्यानलकी प्रमुख प्रतिमा अधिकारी र नेपालकी पहिलो तथा नम्बर १ महिला मोटो भ्लगर सुरक्षा केसीले रेनो १६ सिरिजका विभिन्न विशेषता र प्रयोगका अनुभव प्रस्तुत गरेका थिए । उनीहरूले वास्तविक जीवनका प्रयोग तथा सक्रिय जीवनशैलीका दृष्टिकोणबाट रेनो १६ सिरिज प्रदर्शन गरेका थिए ।
रेनो १६ सिरिजसँगै ओप्पोले ओप्पो बबल पनि सार्वजनिक गरेको छ । यो चुम्बकीय सहायक उपकरण हो, जसले पछाडिको क्यामेराको पूर्वावलोकन स्क्रिन तथा रिमोट शटरका रूपमा काम गर्नुका साथै यसको डिस्प्लेमा व्यक्तिगत सामग्रीसमेत राख्न सकिने सुविधा प्रदान गर्छ । १५ हजार ९ सय ९९ रुपैयाँको अधिकतम खुद्रा मूल्य रहेको ओप्पो बबललाई प्रवद्र्धन अवधिभर विशेष मूल्य ९ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो अफरमा तोकिएका नियम तथा सर्तहरू उपलब्ध हुनेछ । रेनो १६ सिरिजमा ओप्पोको थ्रीडी पपप्लानेट डिजाइन प्रयोग गरिएको छ । यसको पप ह्वाइट भेरियन्टमा उद्योगकै पहिलो होलोभर्स थ्रीडी प्रविधि समावेश गरिएको कम्पनीको दाबी छ, जसले फोनमा आकर्षक तैरिरहेको दृश्य प्रभाव प्रदान गर्छ । रेनो १६ मा ६.३२ इन्चको कम्प्याक्ट डिस्प्ले रहेको छ भने रेनो १६ एफमा ६.५७इन्चको ठूलो डिस्प्ले समावेश छ ।
फोटोग्राफीका लागि दुवै मोडलमा १०० डिग्रीको वाइड एंगल सहितको ५० मेगापिक्सेल अल्ट्रा वाइड सेल्फी क्यामेरा उपलब्ध छ । साथै, अप्टिकल इमेज स्टेबलाइजेसन सहितको ट्रिपल रियर क्यामेरा सेटअप, करिब ३.५ गुणा अप्टिकल जुम क्षमतासहितको टेलिफोटो पोट्र्रेट क्यामेरा र अल्ट्रा वाइड क्यामेरा समावेश गरिएको छ ।
फोटोग्राफी तथा भिडियो अनुभवलाई थप सिर्जनात्मक बनाउन पपक्याम, एआई रिमिक्स कोलाज, पपआउट कोलाज २.०, ४के अटो स्ट्रेटन भिडियो र डुअल भ्यु भिडियो २.० लगायतका सुविधा पनि उपलब्ध छन् ।कलरओएस १६ मा सञ्चालन हुने रेनो १६ सिरिजमा एआई स्न्यापकी, एआई माइन्ड स्पेस, एआई माइन्ड पाइलट र एआई मेनु ट्रान्सलेसन लगायतका कृत्रिम बौद्धिकता आधारित सुविधा समावेश छन् । रेनो १६ मा ६ हजार ७ सय एमएएच् र रेनो १६ एफमा७हजार एमएएच्क्षमताको ब्याट्री रहेको छ। दुवै मोडलले ८० वाट सुपरभोक फास्ट चार्जिङ सपोर्ट गर्छन्। रेनो १६ मा स्न्यापड्रागन ७ जेन ४ मोबाइलप्लेटफर्म प्रयोग गरिएको छ ।सिरिजमा एआई लिंकबुस्ट ४.० का साथै पानी तथा धुलोबाट सुरक्षाका लागि आईपी६८, आईपी६९ र आईपी६९के रेटिङ दिइएको छ। विभिन्न परिस्थितिमा सहज प्रयोगका लागि स्प्लास टच र ग्लोभ टच सुविधा पनि उपलब्ध छन् ।
नेपालमा रेनो १६ ५जीको मूल्य रु. १,०९,९९९ र रेनो १६ एफ ५जीको मूल्य रु. ८९,९९९ तोकिएको छ। दुवै फोन पप ह्वाइट र ट्वाइलाइट भायोलेट रंगमा ओप्पोका आधिकारिक रिटेल च्यानलमार्फत उपलब्ध हुनेछन् ।कम्पनीले ग्राहकका लागि विभिन्न अफर पनि सार्वजनिक गरेको छ। पहिलो ५०० जना ग्राहकले रेनो १६ एफवा रेनो १६ खरिद गर्दा ओप्पो एयरबड्स ए३ प्रो निःशुल्क प्राप्त गर्नेछन् । साथै, ग्राहकका लागि कम्प्लिट फोन रिप्ले समेन्ट सुविधा र फोन मर्मत गर्न नसकिने अवस्थामा दुई महिनाको अतिरिक्त बिक्री पछिको सेवा वारेन्टी उपलब्ध हुने साथमा रु. १५,९९९ मूल्यको ओप्पो बबल रु. ९,९९९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यी अफरहरू लागू हुने नियम तथा सर्तहरू र उपलब्धताका आधारमा प्रदान गरिनेछन् ।स्टाइलिस डिजाइन, उन्नत क्यामेरा, एआई फिचर र लामो समय टिक्ने ब्याट्रीसहित रेनो १६ सिरिजलाई आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर तयार गरिएको कम्पनीले जनाएको छ।



