काठमाडौं । भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा बेपत्ता भएका व्यक्तिहरuको खोजीका क्रममा ६ वटा शव फेला पारिएको छ। आयोजनाका प्रतिनिधि तथा उद्धारकर्मीहरूको संयुक्त टोलीले खोजी गर्ने क्रममा आयोजनाको ‘अडिट ३’ टनेलभित्र ती शवहरू भेटिएका हुन्।
टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीमा अल्झिएको अवस्थामा भेटिएका शवहरूलाई ग्राइन्डर , ग्यास कटर र रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी जटिल प्रक्रियाबाट बाहिर निकालिएको उद्धार टोलीले जनाएको छ।
टनेलभित्र लेदो र हिलोमा छोपिएको अवस्थामा अन्य शव जस्ता आकृतिहरू पनि देखिएकाले सोही इलाकामा उद्धार टोलीद्वारा गहन रूपमा खोजी तथा उत्खनन कार्य जारी राखिएको छ।




