RE
Global College

साउनमा मात्रै २ खर्ब १५ अर्ब भित्रियो रेमिटेन्स

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा नेपाल भित्रिने विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनमा विप्रेषण आप्रवाह रु. २ खर्ब १५ अर्ब ५ करोड पुगेको हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले वृद्धि भई १ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह २५ प्रतिशतले बढेको थियो।

यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेको छ। राष्ट्र बैंकका अनुसार खुद द्वितीय आय रु. २ खर्ब २९ अर्ब ९८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु. १ खर्ब ९३ अर्ब ८५ करोड रहेको थियो।

यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४२ हजार ६९३ पुगेको छ। पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २७ हजार ७४८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४४ हजार ४६६ र २३ हजार ६४४ रहेको थियो ।

Leave Your Comment

Related News