RE
Global College

इन्फिनिटी लघुवित्तको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं । इन्फिनिटी लघुवित्तको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ । गत साताको तुलनामा यो साता यो कम्पनीको सेयर मूल्य २२ प्रतिशत भन्दा बढीले बढेको हो ।

यो साता यो कम्पनीको सेयरमूल्य २२.४१ प्रतिशत बढेको छ । जुन सेयर बजारमा कारोबार भएका कम्पनीहरुको तुलनामा सबै भन्दा धेरै हो । गत साताको अन्तिम कारोबार दिन ८७० रुपैयाँ रहेको यो कम्पनीको सेयर मूल्य यो साताको अन्तिम कारोबार दिन बढेर १ हजार ६५ रुपैयाँ पुगेको हो ।

Leave Your Comment

Related News