RE
Global College

बेनी हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुँदै, ८६ हजार ३२० जनाले पाउने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओ भोलि सोमबार बाँडफाँड हुने भएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार सोमबार बिहान ९ बजे आईपीओ बाँडफाँड गर्न लागिएको हो।

कम्पनीले भदौ २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

बिक्री अवधिमा २३ लाख ६१ हजार १२४ जनाले आवेदन दिएका छन्। उनीहरूले कुल २ करोड ६३ लाख ७१ हजार ७४० कित्ता सेयरका लागि आवेदन दिएका हुन्।

मागभन्दा करिब ३० गुणा बढी आवेदन परेकाले आईपीओ गोलाप्रथा विधिबाट बाँडफाँड गरिनेछ। बाँडफाँडमा ८६ हजार ३२० जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। बाँकी आवेदक भने आईपीओ पाउनबाट वञ्चित हुनेछन्।

Leave Your Comment

Related News