RE
Global College

हिमालयन बैंकको साढे ८ लाख कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले साढे ८ लाख भन्दा बढी कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले विभिन्न चारजना संस्थापक सेयरधनीहरूको नाममा रहेको ८ लाख ५० हजार १२४.५७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकले संस्थापक सेयरधनी अमिर रत्न डंगोलको नाममा रहेको १ लाख कित्ता, मिना महर्जनको नाममा रहेको ३ लाख ९३ हजार ६६९ कित्ता, त्रिरत्न महर्जनको नाममा रहेको ३ लाख १७ हजार ४७३ कित्ता र विश्वेश श्रेष्ठको नाममा रहेको ३८ हजार ९८२.५७ कित्ता शेयर बिक्रीमा राखेको हो ।

बैंकले यसअघि विभिन्न मितिमा उक्त सेयरहरू नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार बैंककै विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा तोकिएको म्यादभित्र आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्रीमा राखेको हो । अतः सो सेयर किन्न चाहने सर्वसाधारणले आवश्यक कागजात सहित आगामी १५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयस्थित कानून तथा सेयर विभागमा निवेदन दिनु पर्नेछ । सेयरको मूल्य सम्बन्धी जानकारी पनि सोही विभागबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Leave Your Comment

Related News