RE
Global College

भोटेकोशी बाढी : गणेश पराजुलीको नेतृत्वमा संसदीय समिति बन्ने

काठमाडौं । भोटेकोशी बाढीबारे संसदीय समिति गठन गर्ने निर्णय भएको छ । यसबारे संसद्‌बाटै सभामुख डीपी अर्यालले जानकारी दिने भएका छन् ।

आज बिहान बसेको बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट समिति गठन गर्ने निर्णय भएको हो ।

स्रोतका अनुसार समितिको नेतृत्व रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले गर्ने भएका छन् । समिति १५ सदस्यीय बन्ने छ भने सत्तारूढ दल रास्वपाका आठ सदस्य रहेन छन् ।

यसबाहेक प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेस र प्रतिपक्षी दल नेकपा एमालेबाट समान दुई/दुई सदस्य रहने छन् ।

यसबाहेक नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति, राप्रपाका १/१ सदस्य रहनेछन् ।

Leave Your Comment

Related News