RE
Global College

एथर नेपालको सुर्खेतमा १६औं एक्सपीरियन्स सेन्टर सञ्चालनमा

काठमाडौं । एथर नेपालले आफ्नो देशव्यापी विद्युतीय मोबिलिटी सञ्जाल विस्तार गर्ने क्रममा सुर्खेतको वीरेन्द्रनगर-१२, एयरपोर्ट चोकमा १६औँ ‘एक्सपेरियन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ।

यस नयाँ सेन्टरमार्फत सुर्खेत तथा समग्र कर्णाली प्रदेशका ग्राहकले एथरका विद्युतीय स्कुटर, अत्याधुनिक प्रविधि, प्रडक्ट डेमोन्स्ट्रेशन (प्रदर्शन), टेस्ट राइड र ग्राहक-केन्द्रित सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

उच्च प्रविधि र पारिवारिक आवश्यकता

शोरुममा एथरको पर्फर्मेन्स सिरिज ‘एथर ४५०’ र पारिवारिक प्रयोगका लागि लक्षित ‘एथर रिज्टा’ सिरिजका मोडलहरू उपलब्ध गराइएको छ। एथर ४५० सिरिजमा ‘म्याजिक ट्विस्ट’ (एक्सिलेटरबाटै ब्रेक नियन्त्रण गर्ने), ‘इन्फिनिट क्रुज’ र ‘भोइस इन्टरयाक्सन’ जस्ता एड्भान्स फिचरहरू रहेका छन्। त्यसैगरी, फराकिलो सिट र उच्च कम्फर्टयुक्त एथर रिज्टा दैनिक पारिवारिक प्रयोगका लागि उपयोगी मानिएको छ।

वारेन्टी, सर्भिस र चार्जिङ नेटवर्क

कम्पनीले ‘एथर एटसेभेन्टी’ ब्याट्री वारेन्टीअन्तर्गत ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गर्दै आएको छ। ब्याट्री हेल्थ ७० प्रतिशतभन्दा तल पुगेमा वारेन्टी सर्तअनुसार ब्याट्री प्रतिस्थापन (Replacement) सुविधा समेत मिल्नेछ। हाल एथरको देशभर १० भन्दा बढी अधिकृत सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ प्वाइन्टहरू सञ्चालनमा रहेका छन्।

असोज ११ सम्म विशेष ओपनिङ अफर

सुर्खेतमा सेन्टर सञ्चालनको अवसरमा कम्पनीले असोज ११ गतेसम्मका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ। यस अवधिमा स्कुटर खरिद गर्ने ग्राहकले:

  • नगद खरिदमा: ‘एटसेभेन्टी’ ब्याट्री वारेन्टी

  • फाइनान्सिङमा: ०% (शून्य प्रतिशत) ब्याजदर

  • एक्सचेन्जमा: पुरानो सवारीसाधन साट्दा थप ८ हजार रुपैयाँसम्मको एडिसनल भ्यालुएसन प्राप्त गर्न सक्नेछन्।

Leave Your Comment

Related News