काठमाडौं । मंगलबार नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५६ वटा कम्पनीको २ करोड १५ लाख ८० हजार कित्ता शेयर कारोबार हुँदा करोबार रकम ७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । शुक्रबारको तुलनामा कारोबार रकम ३० करोड रुपैयाँले बढेको हो। शुक्रबार कारोबार रकम ६ अर्ब ७४ करोड रुपैयाँ थियो।
यस दिन सेन्सेटिभ इण्डेक्स २.७१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक बढेको छ।
यस दिन ७ सबै उप समूह बढेका छन् । ६ उप समूह घटेका छन। बैंकिङ ०.३५ प्रतिशत, विकास बैंक ०.४३ , होटल्स तथा पर्यटन समूह ०.३१, लगानी ०.४८, जीवन बीमा ०.८२, लघुवित्त ०.४८ र अन्य समूह १.३६ प्रतिशतले बढेका छन् । वित्त ०.५२ प्रतिशत, जलविद्युत ०.१४, उत्पादन र प्रशोधन ०.२४, म्युअुचल फण्ड ०.३०, निर्जीवन बीमा ०.०२ र व्यापार समूह ०.९३ प्रतिशत घटका छन् ।
मिड सोलु हाइड्रोपावरको शेयर यस दिन १५ प्रतिशतले बढेको छ कम्पनीले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु आकर्षित भएका हुन्। त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ७.७५ प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ५.६३ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन हाथवे इन्भेष्टमेन्ट नेपाल पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४४ करोड ४० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ४० करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने घलेम्दी हाइड्रोको कारोबार रकम २२ करोड १४ लाख रुपैयाँ नाघेको छ।



