RE
Global College

रसुवा र नुवाकोटका बाढीप्रभावितहरूलाई खाद्यान्न, फेमिली केयर किट र सोलार लाइट वितरण

काठमाडौं । गत भदौ १० (अगस्ट २६) गते आएको विनाशकारी पहिरो र बाढीबाट प्रभावित रसुवा तथा छिमेकी जिल्ला नुवाकोटका समुदायलाई लक्षित गरी राहत सामग्री वितरण गरिएको छ। प्रभावित क्षेत्रका बासिन्दालाई राहत पुर्‍याउने उद्देश्यले ४१९ थान फुड प्याक, २७५ थान फेमिली केयर किट, ५,००० थान सोलार लाइट र १४ थान टेन्ट उपलब्ध गराइएको हो।

वितरण गरिएका फुड प्याकले प्रभावित परिवारका लागि आवश्यक पोषण पुर्‍याउन सहयोग गर्नेछ भने फेमिली केयर किटमा ११ प्रकारका अत्यावश्यक घरायसी तथा सरसफाइका सामाग्रीहरू समावेश छन्। साझेदार संस्था तथा दाताहरूको सहयोगमा विपद्को समयमा मात्र नभई प्रभावित समुदायको पुनर्स्थापना र दीर्घकालीन पुनरुत्थानको यात्रामा निरन्तर साथ दिने प्रतिबद्धता जनाइएको छ।

Leave Your Comment

Related News