काठमाडौं । रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन्। देशका विभिन्न स्थानमा एकैसाथ आयोजना गरिएको राइडमा काठमाडौंमा मात्रै ६ सयभन्दा बढी राइडर सहभागी भएको कम्पनीले जनाएको छ।
काठमाडौंको राइड कमलादीस्थित प्रज्ञा भवनबाट सुरु भइ गोदावरीस्थित बेस्ट वेस्टर्न प्लसमा पुगेर सम्पन्न भएको थियो। देशभरका २२ वटा आधिकारिक डिलर लोकेसनबाट राइडरहरू कार्यक्रममा सहभागी भएका थिए।
राइडका अवसरमा रोयल इन्फिल्ड नेपालले डाउन सिन्ड्रोम एसोसिएसन नेपाललाई २ लाख रुपैयाँ सहयोगसमेत गरेको छ। सहयोग रकमको चेक अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले डाउन सिन्ड्रोम एसोसिएसन नेपालका अध्यक्ष रमेश तामाङ, उपाध्यक्ष डा। प्रभा मैनाली र आरके सिंहलाई हस्तान्तरण गरेका थिए ।
चेक हस्तान्तरण गर्दै निर्देशक पौडेलले राइडिङलाई मोटरसाइकल र यात्रामा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व तथा समुदायसँगको सहकार्यसँग जोड्दै लैजाने बताए। आगामी दिनमा पनि सामाजिक तथा सामुदायिक गतिविधिलाई निरन्तरता दिने उनले बताए ।
कम्पनीका अनुसार ‘वान राइड’को उद्देश्य देशका विभिन्न स्थानमा रहेका रोयल इन्फिल्ड राइडर तथा राइडर समुदायलाई एउटै मञ्चमा जोड्नु, अनुभव आदानप्रदान गर्नु तथा सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रोत्साहन गर्नु हो ।
रोयल इन्फिल्ड नेपालले राइडर समुदायलाई मोटरसाइकल र राइडिङमा मात्र सीमित नराखी सामाजिक गतिविधिसँग समेत जोड्दै आएको जनाएको छ। ‘प्योर मोटरसाइक्लिङ’को अवधारणाअन्तर्गत आयोजना गरिएको ‘वान राइड’ले देशभरका राइडरलाई एउटै अभियानमा जोड्नुका साथै समुदायसँगको सम्बन्धलाई थप मजबुत बनाएको कम्पनीको भनाइ छ।
रोयल इन्फिल्डका लागि राइडिङ केवल यात्रा नभई अन्वेषण, अनुभव र समुदायसँग जोडिने माध्यम रहेको कम्पनीले जनाएको छ। यही अवधारणालाई अघि बढाउँदै आगामी दिनमा पनि राइडर समुदाय र स्थानीय समुदायसँग सहकार्य गर्ने गतिविधिलाई निरन्तरता दिने कम्पनीले जनाएको छ।



