RE
Global College

लाभांश पारित गर्न सिटिजन्स बैंकले बोलायो साधारणसभा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको २० औँ वार्षिक साधारणसभा आगामी असोज २८ गते हुने भएको हो ।

बैंक सञ्चालक समितिको बैठकको निर्णयअनुसार सभा काठमाडौंको कालिकास्थान, डिल्लीबजारस्थित अमृतभोगमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित बैंक तथा सहायक कम्पनीहरूको एकीकृत वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै सञ्चालक समितिले प्रस्ताव गरेअनुसार साधारण सेयरधनीलाई चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ । उक्त बोनस सेयरको कुल मूल्य ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ ३४ पैसा रहेको छ । बैंकले साधारण शेयरधनीलाई कर प्रयोजनसहित चुक्ता पुँजीको ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ । यसबापत ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ २३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

सभाले लेखापरीक्षण समितिको सिफारिसमा चालू आर्थिक वर्षको लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ । विशेष प्रस्तावतर्फ बैंकको प्रबन्धपत्र संशोधन गर्ने तथा जारी र चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव रहेका छन् । प्रबन्धपत्र संशोधनका क्रममा सम्बन्धित नियामक निकायबाट प्राप्त हुने निर्देशनअनुसार आवश्यक थपघट तथा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभामा पेस हुनेछ ।

वार्षिक साधारण सभा तथा प्रस्तावित लाभांशका लागि बैंकले असोज १९ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । त्यसअनुसार असोज १६ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित बोनस सेयर र नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave Your Comment

Related News