RE
Global College

पोखरा-दुबई सिधा उडान सुरु, कति छ फ्लाईदुबईको भाडा?

काठमाडौं ।फ्लाईदुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट युएईको दुबईका लागि नियमित सिधा उडान सुरु गरेको छ। कम्पनीको आधिकारिक वेबसाइटअनुसार दुवैतर्फका विभिन्न श्रेणीका उडानका लागि तय गरिएको भाडा दर यस प्रकार रहेको छ ।

पोखराबाट दुबईतर्फको नन्-स्टप उडानको प्रारम्भिक एकतर्फी भाडा नेपाली ४६ हजार ४ सय ९६ रुपैयाँ तय गरिएको छ। कम्पनीले चार प्रकारका टिकट श्रेणी निर्धारण गरेको छ, जसमध्ये सबैभन्दा सस्तो ‘लाइट’ श्रेणीको भाडा ४६ हजार ४ सय ९६ रुपैयाँ छ, जसमा ७ किलो हातमा बोक्ने झोला (ह्यान्ड ब्यागेज), खाना र उडानभित्रको मनोरञ्जन सुविधा समावेश छ। त्यसैगरी ३० किलोसम्मकोचेक-इन ब्यागेज सुविधा पाइने ‘भ्यालु’ श्रेणीको ४८ हजार २ सय ८२ रुपैयाँ, ४० किलो ब्यागेज र उडान मिति परिवर्तन सुविधा भएको ‘फ्लेक्स’ श्रेणीको ५३ हजार १ सय ३ रुपैयाँ तथा विशेष आरामदायी र उच्चस्तरीय सेवा उपलब्ध हुने ‘बिजनेस’ श्रेणीको सुरुवाती भाडा ८० हजार ६ सय २२ रुपैयाँ राखिएको छ

यसैगरी, दुबईबाट पोखरा फर्किने सिधा उडानको प्रारम्भिक एकतर्फी भाडा ८ सय ५० युएई दिराम कायम गरिएको छ फर्किने उडानमा पनि चारवटै श्रेणी उपलब्ध छन्। जसअन्तर्गत ‘लाइट’ श्रेणीको भाडा ८ सय ५० दिराम (७ किलो ह्यान्ड ब्यागेज, खाना र मनोरञ्जनसहित), ३० किलो ब्यागेज पाइने ‘भ्यालु’ श्रेणीको ८ सय ९१ दिराम, ४० किलो ब्यागेज र सिट छनोट सुविधा भएको ‘फ्लेक्स’ श्रेणीको ९ सय ८४ दिराम तथा उच्चस्तरीय ‘बिजनेस’ श्रेणीको सुरुवाती भाडा ३ हजार ७ सय १४ दिराम निर्धारण गरिएको छ

वेबसाइटमा देखाइएको भाडादर सुरुवाती आधारभूत मूल्य  भए पनि टिकट खरिद गर्दा अन्तिम भुक्तानी रकममा केही फरक पर्न सक्नेछ। अनलाइन पेमेन्ट गर्दा लाग्ने कार्ड/बैंक प्रशोधन शुल्क , विदेशी मुद्रा विनिमय दर , सिट छनोट, थप ब्यागेज वा यात्रा बिमा जस्ता ऐच्छिक सुविधाहरू थप गर्दा अन्तिम मूल्यमा केही रकम वृद्धि हुन सक्नेछ।

Leave Your Comment

Related News