RE
Global College

जलविद्युत् आयोजनाहरूमा ८ सयभन्दा बढी जनशक्ति अझै बेपत्ता, उद्धार कार्यलाई उच्च प्राथमिकता दिइएको ऊर्जा मन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीले आज प्रतिनिधि सभामा बोल्दै हालैको प्राकृतिक विपत्तिका कारण देशका विभिन्न जलविद्युत् आयोजना र संरचनामा कार्यरत ८ सयभन्दा बढी जनशक्ति अझै सम्पर्कविहीन रहेको र तीमध्ये नेपाल विद्युत् प्राधिकरणका ४७ जना कर्मचारी रहेको जानकारी दिनुभएको छ। संसद्‌समक्ष विवरण प्रस्तुत गर्दै मन्त्रीले विपत्तिको सबैभन्दा पीडादायी पक्ष मानवीय क्षति नै भएको उल्लेख गरे र बाढी तथा पहिरोका कारण जलविद्युत् आयोजनाका भूमिगत संरचनामा फसेका एवं सम्पर्कविहीन भएका व्यक्तिहरूको खोज तथा उद्धार कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अगाडि बढाएको स्पष्ट पारे।

विभिन्न आयोजनाहरूमा परेको क्षतिको विवरण प्रस्तुत गर्दै मन्त्रीले माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत १,४३३ जनामध्ये ९५५ जनाको सकुशल उद्धार गरिएको वा आफैँ सम्पर्कमा आएको भए पनि ४३९ जना अझै बेपत्ता रहेको र हालसम्म ३९ वटा शव फेला परेको बताउनुभयो (जसमा बाढी आएको १२औँ दिनमा एक चिनियाँ नागरिकको सकुशल उद्धार गरिएको थियो)। त्यसैगरी माथिल्लो त्रिशूली-३ ‘ए’ बाट ३९ जना बेपत्ता रहेकोमा बाढीको १०औँ दिनमा सञ्जय साह र कविर महर्जनको सकुशल उद्धार गरिएको र १ जनाको शव प्राप्त भएको छ। अन्य आयोजनाहरूतर्फ माथिल्लो त्रिशूली-३ ‘बी’ बाट १७८ जना, रसुवागढीबाट ९३ जना, लाङटाङ खोलाबाट ३९ जना (१९ जनाको उद्धार र २ शव फेला), मैलङ खोलाबाट ७ जना, चिलिमेबाट १ जना (५ जनाको शव फेला), रसुवा-भोटेकोशीबाट ३ जना, त्रिशूली केन्द्रबाट ३ जना र मिडिल त्रिशूली गङ्गाबाट २ जना सम्पर्कविहीन रहेका छन्। यसका साथै देवीघाट जलविद्युत् केन्द्र, त्रिशूली ३ बी हब, रसुवा वितरण केन्द्र तथा चिलिमे-त्रिशूली प्रसारण लाइनका कर्मचारीहरू पनि सम्पर्कविहीन रहेको जानकारी दिँदै मन्त्रीले सरकारले खोज, उद्धार र राहत कार्यलाई तीव्रताका साथ जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

Leave Your Comment

Related News