RE
Global College

नेपालको सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को भाद्र मसान्तसम्मको प्रतिवेदन अनुसार नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख  रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ उत्पादन जीडीपी को ४५.०५ प्रतिशत हुन आउँछ।

चालू आर्थिक वर्षको सुरुको महिना साउनमा २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ रहेको सार्वजनिक ऋणमा साउन र भदौ महिनाको साँवा भुक्तानी तथा विनिमय दरको ४३ करोड ६३ लाख रुपैयाँ नोक्सानी समायोजन पश्चात् यो स्थिति कायम भएको हो। कुल सार्वजनिक ऋणमध्ये वैदेशिक बाह्य ऋणको हिस्सा ५४.१९ प्रतिशत १६ खर्ब ११ अर्ब १८ करोड ८३ लाख रुपायँ र आन्तरिक ऋणको हिस्सा ४५.८१ प्रतिशत अर्थात १३ खर्ब ६१ अर्ब ८७ करोड ९ लाख रुपैयाँ रहेको छ।

चालू आर्थिक वर्षमा सरकारले कुल ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा भाद्र मसान्तसम्ममा ९.२८ प्रतिशत अर्थात्  ६१ अर्ब ५ करोड ७० लाख रुपैयाँ मात्र प्राप्त गर्न सकेको छ।

समीक्षा अवधिमा ५० अर्ब आन्तरिक ऋण जुन लक्ष्यको १२.२० प्रतिशत हो । बाह्य ऋण हाल सम्म  ११ अर्ब ५ करोड ७० लाख रुपैयाँ जुन लक्ष्यको ४.४५ प्रतिशत संकलन भएको छ।

अर्कोतर्फ, सोही दुई महिनाको अवधिमा सरकारले ऋणको साँवा र ब्याज भुक्तानी (ऋण सेवा खर्च) मा ८५ अर्ब १ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ, जुन विनियोजित वार्षिक बजेट  ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ को २०.३४ प्रतिशत हो।

यस अवधिमा आन्तरिक ऋणतर्फ  ७६ अर्ब ७९ करोड ९० लाख रुपैयाँ र बाह्य ऋणतर्फ ८ अर्ब २१ करोड १६ लाख रुपैयाँ गरी कुल  ७० अर्ब १३ करोड ६९ लाख साँवा र १४ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ ब्याज भुक्तानी गरिएको छ।

Leave Your Comment

Related News