RE
Global College

३६.२५ अंकले घट्यो नेप्से, करिब ७० करोडले घट्यो करोबार रकम

काठमाडौं । बुधबार नेप्से परिसूचक ३६.२५ अंकले घटेर २६१८.०३ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५२ वटा कम्पनीको २ करोड १६ लाख २२ हजार ७२८ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । मंगलबरको तुलनामा कारोबार रकम ६९ करोड रुपैयाँले घटेको हो। मंगलबार कारोबार रकम ७ अर्ब ४ करोड रुपैयाँ थियो।

यस दिन सेन्सेटिभ इण्डेक्स १.३३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३७ अंक घटेको छ।

यस दिन सबै उप समूह घटका छन् । बैंकिङ १.२२ प्रतिशतले, विकास बैंक १.३६, वित्त १.०९, होटल्स तथा पर्यटन समूह ०.९८, जलविद्युत १.६६, लगानी १.४९, जीवन बीमा २.०४, उत्पादन र प्रशोधन ०.४५, लघुवित्त १.३१, म्युअुचल फण्ड ०.१५ निर्जीवन बीमा १.३२, अन्य समूह १.६५ र व्यापार समूह १.२६ प्रतिशतले घटेका छन्।

धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १५ प्रतिशतले बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने साढे ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ८.५४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड ३४ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको २१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम साढे २० करोड रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News