काठमाडौं । नेपाली बजारमा अण्डाको मूल्य फेरि बढेको छ । बजारमा एक्सल र ठूलो अण्डाको मूल्य बढेको हो ।
नेपाल लेयर्स कुखुरापालक संघले एक्सएल अण्डा क्रेटमा १५ रुपैयाँ र ठूलो अण्डा क्रेटमा १० रुपैयाँ बढेको जनाएको छ । संघका अनुसार एक्सएल अण्डा क्रेटको ६१५ रुपैयाँ पुगेको छ । त्यस्तै, ठूलो अण्डा प्रतिक्रेट ६०० रुपैयाँ तोकिएको छ। यसअघि, एक्सएल अण्डा क्रेटको ६०० रुपैयाँ र ठूलो अण्डा प्रति क्रेट ५९० रुपैयाँ थियो।
संघले मिडियम र सानो अण्डाको मूल्य भने बढाएको छैन । होलसेल र फार्म मूल्यमा परिवर्तन भए पनि सर्वसाधारणले किन्ने खुद्रा मूल्य भने बढेको छैन ।
उपभोक्ताले पहिले जस्तै ठूलो अण्डा प्रतिगोटा २५ रुपैयाँ र मिडियम अण्डा २ गोटाको ४५ रुपैयाँमै खरिद गर्न पाउने संघले जनाएको छ ।
पछिल्लो समय बर्डफ्लुका कारण उत्पादन कम भएको भन्दै संघले अण्डाको भाउ बढाइरहेको छ।




