साताको सेयर : ४४ अर्बले कारोबार रकम बढ्दा ,लगानीकर्ताले पौने ४ खर्ब कमाए

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार साताको पाँच दिन कारोबार हुदाँ नेप्से र कारोबार रकम दुवै बढेको छ । यो साता सेयर बजारमा कारोबार रकम ४४ अर्ब ३२ करोड २५ लाख रुपैयाँले बढेको छ । यो साता कुल कारोबार रकम १ खर्ब २७ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ रहेको छ भने गत साता उक्त रकम ८३ अर्ब ६० करोड ३० लाख रुपैयाँ रहेको थियो । कारोबार रकम बढ्दा समीक्षा अवधिमा कारोबार भएको शेयर कित्ता समेत बढेको छ । समीक्षा अवधिमा कारोबार शेयर कित्ता १० करोड ५५ लाख ६६६ हजार ले बढेको हो । यो साता २९ करोड ८१ लाख ७३ हजार कित्ता शेयर किनबेच हुदाँ गत साता १९ करोड २६ लाख ६ हजार कित्ता शेयर किनबेच भएको थियो ।

त्यस्तै समीक्षा अवधिमा बजार पूँजीकरण रकम भने ३ खर्ब ७४ अर्ब ८१ करोड ६६ लाख रुपैयाँले बढेको छ । यो साता ४७ खर्ब ६५ अर्ब ९० करोड ९८ लाख रुपैयाँ बजार पुँजीकरण रकम पुग्दा गत साता उक्त रकम ४३ खर्ब ९१ अर्ब ९ करोड ३२ लाख रुपैयाँ रहेको थियो । नेप्से परिसूचक २३४.४३ अंकले बढेको छ । यो साता नेप्से परिसूचक ३०००.८१ अंकमा पुगेका छ भने गत साता नेप्से परिसूचक २७६६.३८ अंकमा रहेको थियो ।

यो साता १२ वटा समूह परिसूचकहरु बढ्दा बाँकी १ वटा समूह परिसूचक भने घटेका छन् । गत साताको तुलनामा यो साता बैंकिङ १४ प्रतिशत, विकास बैंक ९ प्रतिशत, वित्त १५ प्रतिशत, होटल र पर्यटन ४ प्रतिशत, जलविद्युत १० प्रतिशत, लगानी ९ प्रतिशत, जीवन बीमा १० प्रतिशत, लघुवित्त ३ प्रतिशत, म्युअुचल फण्ड २ प्रतिशत, निर्जिवन बीमा ७ प्रतिशत, व्यापार १० प्रतिशत, अन्य १ प्रतिशतले बढेको छ । भने उत्पादन र प्रशोधन भने २ प्रतिशतले घटेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार