RE
Global College

कास्कीको लामापाटनमा भारी वर्षा, थप वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह

काठमाडौं । पछिल्लो तीन घण्टाको अवधिमा कास्की जिल्लाको लामापाटनमा सबैभन्दा धेरै ६५ मिलिमिटर भारी वर्षा मापन गरिएको छ ।

राति ११ः४० बजेसम्मको विवरण अनुसार हाल देशका विभिन्न भागमा मध्यम वर्षा जारी रहेको छ । जसअनुसार कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती, लुम्बिनी र मधेस प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ । त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा समेत मध्यमसम्मको वर्षा भइरहेको छ ।

वर्षा भइरहेका क्षेत्र तथा त्यस आसपासका भू–भागहरूमा अझै थप वर्षा हुने सम्भावना रहेकाले सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

Leave Your Comment

Related News