काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठले असोज ३० गतेका लागि १७ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा सस त्वा सागल टोल किर्तिपुर, काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुने छ । सभाले सञ्चालक समितिकोतर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वित्तीय विवरण सहितको आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने छ । त्यस्तै आ.व. २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदन र सोही आ.व. को वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसुचिहरू अनुमोदन गर्ने प्रस्ताव माथि छलफल गरि पारित गर्ने छ ।
त्यस्तै आ.व. २०८३/०८४ को लेखापरीक्षण गर्न कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गर्ने छ । त्यस्तै विशेष प्रस्तावका रुपमा प्रबन्ध पत्रको दफा ५ को १ (च) र दफा ६ को ङ, च, छ संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने छ ।



