काठमाडौं । कालिञ्चोक दर्शन र माछापुच्छ्रे बैंकले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुई कम्पनीले क्रमश असोज ९ र १२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्ने भएका हुन् ।
माछापुच्छ्रे बैंकले लाभांश र सभा प्रयोजनका लागि असोज १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ आज असोज ८ गतेसम्म कायम सेयरधनीहरुलेमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् । त्यस्तै, कालिञ्चोक दर्शनले पनि लाभांश र सभा प्रयोजनका लागि भोलि असोज ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको आज असोज ८ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।
माछापुच्छ्रे बैंकले आफ्नो २८ औँ वार्षिक साधारणसभा यही असोज २८ गते आयोजना गर्ने निर्णय गरेको छ । सभा पोखराको पार्दीस्थित होटल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभाले गत आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ६ प्रतिशत लाभांश पारित गर्नेछ । जसमा ३ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँ बराबरको बोनस सेयर र ३ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) छन् ।
त्यस्तै, कालिञ्चोक दर्शनले आफ्नो १२ औँ वार्षिक साधारणसभा आउँदो असोज १६ गते आयोजना गर्ने निर्णय गरेको छ । सभा भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स होटलमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ६३ करोड रुपैयाँको कुल ८.९४७४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा ८.५ प्रतिशतले हुन आउने ५ करोड ३५ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४४७४ प्रतिशतले हुन आउने २८ लाख १८ हजार ४२१.०५ रुपैयाँबराबरको नगद लाभांश छन् ।
सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । बोनस सेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।



