काठमाडौं । विहीबार नेपाली बजारमा सुनको मूल्य ३ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ थियो ।
यता चाँदी पनि १६५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ८१५ रुपैयाँ थियो ।



