RE
Global College

डोल्पामा दुर्घटनाग्रस्त सीता एयरको विमान ३६ वर्ष पुरानो

काठमाडौं । आज दुर्घटना भएको सीता एयरको ‘९एन-एजेएच’ दर्ता नम्बरको विमान करिब ३६ वर्ष पुरानो रहेको छ। सन् १९९० नोभेम्बरमा उत्पादक कम्पनीबाट परीक्षण उडान सम्पन्न भएलगत्तै सोही वर्ष यो विमान फ्रान्सेली पोलिनेसियाको ‘एयर मुरिया’ ले ‘एफ-ओएचएए’ दर्ता नम्बरमा पहिलोपटक व्यावसायिक सेवामा ल्याएको ‘प्लेनस्पोटर्स’को तथ्याङ्कमा उल्लेख छ।

लामो समय एयर मुरियामा उडान भरेपछि सन् २००६ मा अष्ट्रेलियाको ‘एयरलाइन्स अफ तास्मानिया’ ले यसलाई खरिद गरी ‘भीएच-एटीजेड’ नम्बरबाट सञ्चालनमा ल्याएको थियो। त्यसको चार वर्षपछि अर्थात् सन् २०१० मा यो विमान पहिलोपटक नेपाल भित्रिएको थियो। नेपालको अग्नि एयरले यसलाई खरिद गरेर ‘९एन-एजेएच’ दर्ता नम्बर कायम गरी उडान सुरु गरेको थियो।

अग्नि एयर बन्द भएपछि सन् २०१३ मा यो विमान सिमरिक एयरको स्वामित्वमा पुगेको थियो। सिमरिक एयरले केही वर्ष चलाएपछि सन् २०१७ मा मात्रै सीता एयरले यो विमान खरिद गरेर आफ्नो उडान सेवामा जोडेको थियो।

अन्तर्राष्ट्रिय तथा आन्तरिक गरी विभिन्न ५ वटा वायुसेवा कम्पनी फेर्दै साढे तीन दशकभन्दा बढी समयदेखि आकाशमा उडिरहेको यो पुरानो विमान अन्ततः डोल्पामा दुर्घटनाग्रस्त हुन पुगेको छ।

Leave Your Comment

Related News