RE
Global College

भोटेकोशी बाढीको एक महिना : ६ वटा जलविद्युत आयोजनामध्ये कुनैमा मावनीय अवशेषको खोजी, कुनैमा भौतिक संरचना व्यवस्थापन

काठमाडौं । रसुवा भोटेकाशी बाढी आएको बिहीबार ३० दिन भइसक्दा पनि सरकारले जलविद्युत आयोजनामा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । बाढीबाट प्रभावित ६ वटा जलविद्युत मध्ये ५ वटामा खोज तथा उद्धार कार्यालाई निरन्तरता दिएको छ भने १ वटा जलविद्युत आयोजनामा भने खोज तथा उद्धार कार्य बन्द गरेको छ र भौतिक संरचनाको व्यवस्थपान समेतको काम गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय तथा जिल्लारराष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूबाट प्राप्त सूचनाका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट प्रभावित जलविद्युत आयोजनाहरुमा अझै खोज तथा उद्धार कार्यलाई निरन्तर दिइएको र आवश्यक नभएको आायेजनामा बन्द गरिएको हो । प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उप्रेती का अनुसार चिलिमे जलविद्युत् आयोजना ९२२ मेगावाट० मा तत्काल थप खोज तथा उद्धार कार्य आवश्यक नरहेको निष्कर्ष निकालिएको हो । रसुवा जिल्ला सुरक्षा समिति र आयोजना व्यवस्थापन टोलीले संयुक्त रूपमा स्थलगत निरीक्षण गरेपछि प्रभावित स्थलमा तत्काल थप खोज तथा उद्धार कार्य आवश्यक नरहेको निष्कर्ष निकालिएको उनले जानकारी दिए । बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना १२० मेगावाट, लाङटाङ जलविद्युत् आयोजना २० मेगावाट, चिलिमे जलविद्युत् आयोजना २२ मेगावाट, माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना २१६ मेगावाट, त्रिशूली–३ए जलविद्युत् आयोजना ६० मेगावाट र त्रिशूली–३बी जलविद्युत् आयोजना ३७ मेगावाट प्रभावित भएको थियो । चिलिमे जलविद्युत् आयोजना २२ मेगावाट र रसुवागढी जलविद्युत् आयोजना १२० मेगावाट मा खोज तथा उद्धार बन्द गरिए पनि बाँकीमा भने बन्द नभएको जनाइएको छ ।

चिलिमे जलविद्युत् आयोजना २२ मेगावाट खोज तथा उद्धार बन्द गर्नु अघि सशस्त्र प्रहरी बल, नेपालले रोपवेमार्फत राहत सामग्री ढुवानी गर्नुका साथै सुरुङभित्र खोजी कार्य जारी राखेको थियो । स्कुबा उपकरणसहितको नेपाली सेनाको विशेष टोली खोज तथा उद्धार कार्यमा सक्रिय रूपमा परिचालित रहेका थिए । सशस्त्र र प्रहरीले आयोजनाको कन्ट्रोल रुमसम्मको सुरुङको २५० मिटर भाग सफा गरेको छ , जसबाट ५ वटा शव फेला परेका थिए । साथै जम्मा भएको पानीलाई पानी तान्ने पम्प प्रयोग गरी निकालिएको छ भने ८० मिटर भग्नावशेष हटाइएको थियो । त्यसपश्चयात मात्र खोज तथा उद्धार कार्य बन्द गरिएको हो । रसुवा जिल्ला सुरक्षा समिति र आयोजना व्यवस्थापन टोलीले संयुक्त रूपमा स्थलगत निरीक्षण गरेपछि प्रभावित स्थलमा तत्काल खोज तथा उद्धार कार्य आवश्यक नरहेको निष्कर्ष निकाले पछि सुरक्षा निकायले खोज तथा उद्धार कार्यबन्द गरेको जनाएको हो ।

वागढी १२० मा क्लोज क्वार्टर रेस्क्यु टिम ९ऋत्तच्त्० र आयोजना प्रतिनिधिहरू सम्मिलित संयुक्त टोली पावरहाउस, ट्रान्सफर्मर रुम तथा कन्ट्रोल रुममा पुगेको थियो। तर, उक्त क्षेत्र तथा आसपास गरिएको खोजीका क्रममा कुनै मानवीय अवशेष वा सम्बन्धित वस्तु फेला परेन। रसुवा जिल्ला सुरक्षा समिति र आयोजना व्यवस्थापन टोलीले संयुक्त रूपमा स्थलगत निरीक्षण गरेपछि प्रभावित स्थलमा तत्काल थप खोज तथा उद्धार कार्य आवश्यक नरहेको निष्कर्ष निकालिए सँगै खोज तथा उद्धार कार्य बन्द गरिएको हो ।
त्यस्तै रसुवागढी जलविद्युत् आयोजना (१२० मेगावाट) मा भने खोज तथा उद्धार कार्य जारी राखिएको छ । सो आयोजनामा क्लोज क्वार्टर रेस्क्यु टिम र आयोजना प्रतिनिधिहरू सम्मिलित संयुक्त टोली पावरहाउस, ट्रान्सफर्मर रुम तथा कन्ट्रोल रुममा पुगेको थियो। तर, उक्त क्षेत्र तथा आसपास गरिएको खोजीका क्रममा कुनै मानवीय अवशेष वा सम्बन्धित वस्तु भने फेला परेन । त्यसपछि रसुवा जिल्ला सुरक्षा समिति र आयोजना व्यवस्थापन टोलीले संयुक्त रूपमा स्थलगत निरीक्षण गरेपछि प्रभावित स्थलमा तत्काल थप खोज तथा उद्धार कार्य आवश्यक नरहेको निष्कर्ष निकालेको थियो । भौगोलिक अवस्था चुनौतीपूर्ण रहेकाले खोज तथा उद्धारका लागि आवश्यक भारी उपकरण प्रभावित स्थलसम्म पु¥याउन ठूलो कठिनाइ भएको थियो ।
यसैगरी लाङटाङ जलविद्युत् आयोजना (२० मेगावाट) नेपाली सेना र चिनियाँ डीएआरटी सम्मिलित संयुक्त टोलीले माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङभित्र करिब १७० मिटर प्रवेश गरी थर्मल ड्रोनको प्रयोगबाट खोजी कार्य गरेको थियो। तर, कुनै मानवीय अवशेष फेला परेन। सुरुङको १७० मिटर खण्ड हातैले सफा गरिएको छ भने अब ३० मिटर मात्र सफा गर्न भने बाँकी रहेको छ।
रसुवा जिल्ला सुरक्षा समिति र आयोजना व्यवस्थापन टोलीले संयुक्त रूपमा स्थलगत निरीक्षण गरेपछि प्रभावित स्थलमा तत्काल खोज तथा उद्धार कार्य आवश्यक नरहेको निष्कर्ष निकालेका छन्। रसुवा जिल्ला सुरक्षा समिति र आयोजनाका प्रबन्ध निर्देशकबीच भएको बैठकले उक्त स्थलमा तत्काल खोज तथा उद्धार कार्य आवश्यक नरहेको निष्कर्ष निकालेको छ। पावरहाउसमा रहेको भग्नावशेष हटाउने काम आयोजना कम्पनीले नै प्रत्यक्ष रूपमा गर्ने बताइएको छ।

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना (२१६ मेगावाट) सुरुङ सञ्चालन तथा शव खोजीको कार्य जारी राखिएको छ । अयोजनाको संरचनामा प्रयोग भएको स्टिल जाली काट्न ३ वटा ग्राइन्डर, १ वटा ग्यास कटर र २ वटा रोटरी रेस्क्यु आरा प्रयोग गरी अडिट–३ सुरुङ (हाकुबेँसी) बाट ६ वटा शव फेला पारिएको थियो । ग्राइन्डर, ग्यास कटर र रोटरी आरा प्रयोग गरी भारी फलामे संरचना काटेर थप ३१ वटा शव निकालिएको थियो । आयोजनाको अडिट–३ देखि अडिट–१ जोड्ने अक्ष क्षेत्रमा रहेको कुल २ हजार २०० मिटर भग्नावशेष हटाइएको छ।
आयोजना प्रतिनिधि र नेपाली सेनाको पाँच सदस्यीय टोलीसहित अडिट–१ सुरुङ (हाकुबेँसी) भित्र २०० मिटरसम्म खोजी गरिएको थियो। त्यस क्रममा कुनै मानवीय अवशेष फेला परेन। माथिल्लो त्रिशूली अडिट–३ मा थर्मल ड्रोन प्रयोग गरी खोजी कार्य गरिएको थियो भने कोरियाली टोलीले आवासीय तथा कार्यालय क्षेत्रमाथि ड्रोनमार्फत निगरानी तथा खोजी गरेको थियो। अडिट–३ मा नेपाली सेना र चिनियाँ टोलीले संयुक्त रूपमा म्यानुअल खोजी कार्य सञ्चालन गरेका थिए। व्यवस्थापकीय तथा संरचनागत चुनौती अन्र्तगत भने नेपाली सेनाको हेलिकप्टरमार्फत एक्साभेटर आयोजनास्थलमा हवाईमार्गबाट पु¥याइएको थियो ।आयोजनाका इन्जिनियरका अनुसार अडिट–३ मा छरिएका ट्रक, कम्प्रेसर, फलामे जाली तथा पानीमा डुबेका मेसिनरीका कारण एक्साभेटरलगायतका भारी उपकरण सञ्चालन गर्न नसकिने भएकाले काम स्थगित गरिएको हो ।

त्रिशूली–३ए जलविद्युत् आयोजना (६० मेगावाट) मा सुरक्षा निकाय र आयोजना प्रतिनिधिहरू सम्मिलित संयुक्त टोलीले सुरुङ, पावरहाउस तथा आसपासका क्षेत्रमा खोजी कार्य गरेको थियो। त्यस क्रममा कुनै मानवीय अवशेष फेला पारेन । रसुवा जिल्ला सुरक्षा समिति र आयोजना व्यवस्थापन टोलीले संयुक्त रूपमा स्थलगत निरीक्षण गरेपछि प्रभावित स्थलमा तत्काल खोज तथा उद्धार कार्य आवश्यक नरहेको निष्कर्ष निकालेको थियो ।

त्रिशूली–३बी जलविद्युत् आयोजना (३७ मेगावाट) मा नदीको सतहभन्दा २ मिटरसम्म तल उत्खनन गर्दा आयोजना कार्यालय भवनको जग फेला परेको छ। तर, आवासीय क्वार्टरका ए१, ए२, बी१, बी२ र डी भवनका संरचनात्मक अवशेष फेला परेका छैनन्।
इन्टेक क्षेत्रमा पानीको बहाव जारी रहेको छ। सफाइ कार्यअन्तर्गत अडिट–१ को ४७६ मिटर र अडिट–२ को २.७ किलोमिटर भाग सफा गरिएको छ।  आयोजना इन्जिनियर तथा सुरक्षा निकायले गरेको संयुक्त स्थलगत निरीक्षणका क्रममा कुनै मानवीय अवशेष फेला परेन । यसरी सरकारले बाढीबाट प्रभावित जलविद्युत आयोजनाहरुमा खोज तथा उद्धारका साथै आयोजनास्थलमा भएका अवरोधहरु समेत हटाएको छ । सरकारले सुरक्षा निकाय, प्राविधिक र विदेशी प्राविधिक तथा विज्ञको सहयोगमार्फत् आयोजनाहरुको काम गरेको थियो । अझै पनि आयोजनाहरुमा बाँकी कामहरु सरकारले गरिरहेको छ भने आयोजना सम्वन्धित कम्पनीलाई हस्तान्तरण गरेको पाइदैन ।

Leave Your Comment

Related News