RE
Global College

कृष्णभीरसहित पृथ्वी राजमार्गका सात ठाउँमा पहिरो

काठमाडौं । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा पहिरो खसेको छ । सात ठाउँमध्ये दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने अन्य ठाउँमा राजमार्ग एकतर्फी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।

प्रहरीका अनुसार पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको छ ।कृष्णभिरमा दुई वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भए पनि अन्य स्थानमा वर्षाका कारण र पहिरो निरन्तर खसिरहेका कारण पन्छाउन समस्या भएको जनाइएकाे छ ।

Leave Your Comment

Related News