RE
Global College

बाजुराका ६७ वटा वडा र सात पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बाजुराका ६७ वटा वडा र सात पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ ।

आजसम्म जिल्लाका ६९ मध्ये ६७ वडा र नौवटा स्थानीय तहमध्ये सात वटामा सर्वसम्मत नेतृत्व चयन भएको हो । नेपाली कांग्रेस बाजुराका उपसभापति पदम बडुवालका अनुसार गौमुल गाउँपालिका–४ र ५ बाहेक अन्य सबै वडामा सफलतापूर्वक अधिवेशन सम्पन्न भएको छ ।

पार्टीको पालिका अधिवेशनअन्तर्गत हिमालीमा चन्द्रादेवी बुढा, खप्तड छेडेदहमा हर्कबहादुर शाही, स्वामीकार्तिक खापर गाउँपालिकामा विष्णु बुढा सभापति रहने गरी सर्वसम्मत नयाँ नेतृत्व चयन भएको बडुवालले बताए ।

उनका अनुसार जगन्नाथमा कपुर गिरी, बुढीनन्दामा टेकबहादुर रोकाया, बडीमालिका नगरपालिकामा उमाकान्त उपाध्याय र गौमुल गाउँपालिकामा गोरख रोकाया सभापति चयन भएका छन्। अब बाँकी रहेका त्रिवेणी र बूढीगङ्गामा सर्वसम्मत नेतृत्व चयन गर्न खोजिएको र हालसम्म सहमतिकै प्रयास भइरहेको पार्टी उपसभापति बडुवालले जानकारी दिए ।

Leave Your Comment

Related News