RE
Global College

देवघाटमा नारायणीको बहाव १३ मिटर पुग्ने अनुमान,चितवन र नवलपरासीमा उच्च सतर्कता

काठमाडौं ।  नारायणी नदी तथा यसका सहायक नदीहरूमा बाढीको जोखिम अत्यधिक बढेपछि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वाञ्चल महाशाखाले विशेष बाढी परामर्श बुलेटिन जारी गर्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

आज बिहान ७:४५ बजेको मापन अनुसार नारायणी नदीको जलसतह खतराको तह (९.० मिटर) पार गरी करिब ११.० मिटर पुगिसकेको छ भने कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, चेपे, बुढीगण्डकी र त्रिशूली नदीहरूमा समेत बहाव खतरा तथा सतर्कता तहभन्दा माथि पुगेर निरन्तर बढ्दो क्रममा छ। देवघाट बाढी मापन केन्द्रका अनुसार आज दिउँसो ११ बजे आसपास नारायणीको जलसतह अधिकतम १३.० मिटरसम्म पुग्ने र साँझसम्मै खतराको तहभन्दा माथि रहने उच्च सम्भावना रहेकाले चितवन र नवलपरासीका होचा तथा डुबान सम्भावित क्षेत्रका नागरिकहरूलाई तत्कालै अग्लो र सुरक्षित स्थानतर्फ स्थानान्तरण हुन, तटीय क्षेत्रमा आवतजावत बन्द गर्न तथा स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

Leave Your Comment

Related News