RE
Global College

अविरल वर्षा र बाढी-पहिरोले टेलिकम सेवा प्रभावित: मर्मतका लागि प्राविधिकहरू तयारी अवस्थामा

काठमाडौं । असोज ८ गतेदेखि परेको निरन्तरको हावाहुरी, वर्षा र देशका विभिन्न स्थानमा गएको बाढी-पहिरोका कारण दूरसञ्चार सेवा अवरुद्ध हुन पुगेको छ। भौगोलिक विकटता, अप्टिकल फाइबरमा पुगेको क्षति, विद्युत् आपूर्तिमा अवरोधका साथै वर्षा र बादलका कारण सोलार साइटको न्यून कार्यक्षमताले गर्दा सेवा निरन्तरतामा कठिनाइ आएको कम्पनीले जनाएको छ।

अवरुद्ध भएका सेवाहरूमध्ये प्राविधिक रूपमा सिस्टमबाटै समाधान गर्न सकिने मर्मतका कामहरू तथा सम्भव भएका स्थलहरूमा मर्मत कार्य निरन्तर जारी राखिएको छ। मौसममा सुधार आउनासाथ क्षति पुगेका कार्यस्थलमा पुगेर मर्मत गर्न प्राविधिक टोलीहरूलाई तयारी अवस्थामा राखिएको जानकारी दिइएको छ।

सेवा अवरुद्ध हुँदा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा माग्दै बाढी, पहिरो र प्राकृतिक विपद्को यस कठिन समयमा ग्राहकहरूले देखाएको धैर्यताका लागि धन्यवाद तथा आभार व्यक्त गरेको छ।

Leave Your Comment

Related News