काठमाडौं । अइतबार नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ थियो ।
यता चाँदी पनि ३५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँ थियो ।



