RE
Global College

महाकाली राजमार्गअन्तर्गत डडेल्धुराको भातकाँडानजिक सडक  दुईतर्फी  खुल्यो

काठमाडौं । महाकाली राजमार्गअन्तर्गत डडेल्धुराको भातकाँडानजिक सडक खुलाइएको छ । तत्काल अवरोध हटाएपछि अहिले यातायात दुईतर्फी रूपमा सञ्चालनमा आएको पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ।

लगातार वर्षाका कारण महाकाली राजमार्गअन्तर्गत डडेल्धुराको भातकाँडानजिक रुखहरू ढलेर सडक अवरुद्ध भएको थियो । मन्त्रालयका अनुसार अवरुद्ध सडक खुलाउन र यातायात सहज बनाउन मन्त्रालयअन्तर्गतका सडक डिभिजनका टोलीहरू परिचालन गरिएसँगै सडक खुलाइएको हो । ।

अवरुद्ध सडक खुलाउन र यातायात सहज बनाउन मन्त्रालयअन्तर्गतका सडक डिभिजनका टोलीहरू निरन्तर परिचालित गरिएको छ ।
लगातारको वर्षाले हाम्रा सार्वजनिक भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याउनुका साथै नागरिकको दैनिक आवागमनसमेत प्रभावित बनाएको मन्त्री सुनिल लम्साले बताएका छन् ।

Leave Your Comment

Related News