काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार दिउँसो छाडेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले जबरालाई रिहा गरिएको जानकारी दिए । कार्कीका अनुसार पूर्वप्रधानन्यायाधीश जबरालाई छोराको जिम्मा लगाइएको बताए।
यसअघि अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ गरेको थियो । उनको सुरक्षा कारण पक्राउ गरिएको बताइएको थियो ।




