१३ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन गत आर्थिक वर्षमा १३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुरुप गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन बढेको हो । प्रतिवेदन अनुरुप गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७ खर्ब ४२ अर्ब ३७ करोड रुपैयाँ (१३.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्ष अर्थात् २०७९/८० मा यस्तो निक्षेप ६ खर्ब २७ अर्ब २५ करोड रुपैयाँ (१२.३ प्रतिशत)प्रतिशतले बढेको थियो।

२०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.८ प्रतिशत, ३०.३ प्रतिशत र ५६.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.७ प्रतिशत, २६.६ प्रतिशत र ५८.९ प्रतिशत रहेको थियो। २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.२ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा यस्तो निक्षेपको अंश ३६.६ प्रतिशत रहेको थियो।

कुल आन्तरिक कर्जा प्रवाह 
आर्थिक वर्ष २०८०÷८१ मा कुल आन्तरिक कर्जा प्रवाह ६.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त कर्जा प्रवाह ८.८ प्रतिशतले बढेको थियो।
समीक्षा वर्षमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी ४.० प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दावी ३५.४ प्रतिशतले बढेको थियो।

समीक्षा वर्षमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ६.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दावी ४.६ प्रतिशतले बढेको थियो।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार