RE
Global College

महाकाली नदीमा ९८,२७२क्यू सेक मात्र पानीको बहाव, चार पाङ्ग्रे सवारी साधनलाई बनबासा पुल खुल्ला

काठमाडौं । कञ्चनपुरस्थित महाकाली नदीमा बाढीको बहाव घट्न थालेपछि वनवासा पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन खुला गरिएको छ ।

बाढीका कारण पानीको सतह बढेपछि सुरक्षाका कारण आइतबारदेखि नेपाल–भारत सीमा जोड्ने सो पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन रोकिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर सूचना अधिकारी टेक रावतका अनुसार महाकाली नदीमा बाढीको बहाव घटेसँगै सवारी बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन आवत जावत सुचारू गरिएको हो ।
उनका अनुसार ११:०० बजे महाकाली नदिमा पानीको बहाव ९८,२७२ ( अन्ठानब्बे हजार दुई सय बहत्तर ) क्यू सेक मापन गरिएको, नेपाल भारत सिमा जोड्ने बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन आवत जावत सुचारू गरिएको छ ।

यसअघि  सोमबार बिहान ०७:०० बजे महाकाली नदिमा पानीको बहाव १,०९,१४४ ( एक लाख नौ हजार एक सय चवालीस ) क्यू सेक मापन गरिएको, नेपाल भारत सिमा जोड्ने बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन आवत जावत बन्द नै रहेको   थियो ।

 

Leave Your Comment

Related News