काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७२ विपद्का घटना भएका छन् । विपद्मा परेका एक हजार १८१ जनाको उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार तथा व्यवस्थापनका लागि एक हजार ४८२ प्रहरी परिचालन गरिएको छ ।
सो अवधिमा सर्पदंशका ११, आगलागीका सात, बाढीका २१, पहिरोका ३७, अविरल वर्षाका ३२, हावाहुरीका सात, हिमपातको एक तथा जनावरको आक्रमणका चार वटा घटना भएका छन् ।
विपद्का घटनामा परी २१ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । चार जना अझै बेपत्ता रहेको प्राधिकरणले जनाएको छ ।विपद्का कारण १२१ चौपाया क्षति भएका छन् । यस्तै, देशभर ४८ सडक अवरुद्ध भएका छन् । बाढी, पहिरो र वर्षाका कारण सडक यातायातमासमेत प्रभाव परेको छ ।



