RE
Global College

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) ९.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Leave Your Comment

Related News