RE
Global College

नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन पछि सर्‍यो: असोज १८ गते खुलामञ्चमा उद्घाटन हुने

काठमाडौं । देशका विभिन्न स्थानमा परेको अविरल वर्षा र बाढीपहिरोका कारण उत्पन्न असहज परिस्थितिलाई दृष्टिगत गर्दै नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई दिन पछाडि सारेको छ। पार्टीको केन्द्रीय निर्वाचन समिति तथा तहगत कार्यसमितिहरूबाट प्राप्त जानकारी अनुसार केही प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेकाले यसअघि असोज १६ गतेका लागि तय गरिएको उद्घाटन समारोहलाई दुई दिन धकेलिएको हो।

कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी  विज्ञप्ति अनुसार अब १५औँ महाधिवेशनको औपचारिक उद्घाटन २०८३ असोज १८ गते दिउँसो २:०० बजे काठमाडौँको खुलामञ्चमा भव्य रूपमा सम्पन्न हुनेछ। वडा, गाउँपालिका, नगरपालिका, प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनहरू भइरहेको अवस्थामा प्राकृतिक विपद्का कारण हिमाली तथा पहाडी जिल्लाहरूमा यातायात र सञ्चार अवरुद्ध भई प्रतिनिधि चयनमा ढिलाइ भएकाले सर्वसुलभ सहभागिता सुनिश्चित गर्न महाधिवेशनको मिति समायोजन गरिएको पार्टीले जनाएको छ।

Leave Your Comment

Related News