RE
Global College

नेप्सेमा दुइ बैंकको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सेचनज (नेप्से) मा नबिल बैंकको ‍५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । यस कम्पनीले मंगलबारको अन्तिम कारोबार मूल्य ५६६ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ४३९.९५ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको बुधबार सेयर कारोबार खुला हुनेछ ।

त्यसतै, गरिमा विकास बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । यस बैंकले मंगलबारको अन्तिम कारोबार मूल्य ४५६ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य ४१४.५५ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको बुधबार सेयर कारोबार खुला हुनेछ ।

Leave Your Comment

Related News