काठमाडौं । वर्षासँगैको बाढी-पहिरोको कारण आज पनि देशका विभिन्न राजमार्ग अवरुद्ध छन्।
रसुवाको भोटेकोसी नदीमा गएको भदौ १० गते आएको बाढीको कारण आज पनि रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्ग अवरुद्धै अवस्थामा छन्।
रसुवाका सबै मुख्य राजमार्ग अहिलेसम्म पनि गाडी चल्न नसकेका प्रहरीले जनाएको छ।
त्यसैगरी आज ललितपुरमा कान्तिलोकपथ, मनाङमा बेनी–जोमसोम सडक र बेनी-दरबाङ सडक, मुस्ताङमा जोमसोम-कोरला सडक पूर्णरूपमा अवरुद्ध छ।
त्यसैगरी पर्वतमा मालढुंगा-बेनी, मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वमा कालीगण्डकी करिडोर सडक, लमजुङमा मध्यपहाडी लोकमार्ग र गुल्मीमा पनि कालीगण्डकी करिडोर सडक पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी पाल्पामा सिद्धार्थ राजमार्ग, ललितपुरमा टिकाभैरव सडक र बागलुङमा कालीगण्डकी करिडोर सडकमा आज बिहानैदेखि एकतर्फी मात्रै गाडी चलेका छन्।



