कामना सेवा विकास बैंकले शान्ति टोल विकास संस्थालाई गमला दियो

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमक, झापा मार्फत प्रशान्ति टोल विकास संस्थालाई गमला हस्तान्तरण गरेको छ ।

प्रशान्ति टोल विकास संस्थाको साधारण सभा अन्तर्गत  संस्थाले “प्रत्येक घरको अगाडि एक गमला एक बिरुवा रोपन” कार्यक्रममा  बैंकले गमला हस्तान्तरण गरेको हो  ।

बैंकका कोशी क्षेत्रका प्रमुख मोहनदत्त खनालले गमला संस्थाका अध्यक्ष ज्ञान बहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा अध्यक्ष कार्कीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गमला हस्तान्तरण गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा बैंकका कर्मचारीहरु तथा संस्थाका प्रतिनिधि सहभागी थिए ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार