RE
Global College

नबिल बैंकको १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नबिल बैंकले १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै उक्त सेयर बिक्रीमा राखेको जनाएको हो ।

संस्थापक सेयर बिक्री गर्दा राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन बमोजिम विद्यमान संस्थापक सेयरधनीहरूलाई नै पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था भए बमोजिम इच्छुक तथा योग्य विद्यमान संस्थापक सेयरधनीहरुलाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन भनिएको छ । आवेदन बैंकको केन्द्रीय कार्यालय, तिनधारा, विणामार्ग, दरवारमार्ग, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा दिनु पर्ने छ ।

उल्लिखित मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिद गर्न निवेदन पर्न नआएमा प्रचलित कानूनी व्यवस्था अनुसार सो सेयरहरू अन्य व्यक्ति ÷ संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

Leave Your Comment

Related News