कीर्तिमानी मूल्यबाट फर्कियो सुनको भाउ

काठमाडौं । सोमबार सुनको भाउ घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ५२ हजार ३०० रुपैयाँ तोकिएको छ । आइतबार सुन प्रतितोला १ लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन प्रति १० ग्राम १ लाख ३० हजार ५७५ रुपैयाँ तोकिएको छ ।

सोमबार चाँदी प्रतितोला १ हजार ८१० रुपैयाँ र प्रति १० ग्राम १ हजार ५५२ रुपैयाँ तोकिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार