काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।
मुद्रा व्यवस्थापन विभागले सार्वजनिक सूचना निकाल्दै उक्त आह्वान गरेको हो।
अग्रिम रुपमा योग्य सुरक्षित छपाइ कम्पनीहरु यसमा सहभागी हुन पाउनेछन्। छनोट भएको कम्पनीले सिक्काको डिजाइन, छपाइ (मिन्टिङ) तथा आपूर्तिको एकमुष्ट जिम्मेवारी पाउने विभागले जनाएको छ।
इच्छुक कम्पनीले दुईवटा सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। जसमध्ये एउटामा प्राविधिक र अर्कोमा आफूले गर्ने मूल्य प्रस्ताव हुनुपर्नेछ। राष्ट्र बैंकबाट बोलपत्र फारम खरिद गर्न सकिने जनाइएको छ। आगामी नोभेम्बर ३ को मध्याह्न १२ बजेभित्र बोलपत्र पेस गर्नुपर्नेछ भने सोही दिन १ बजे बोलपत्रदाताको उपस्थितिमा बोलपत्र खोलिने विभागले जनाएको छ।



