RE
Global College

सडक बोर्ड नेपालको कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान

काठमाडौं । सडक बोर्ड नेपाल (मीनभवन, काठमाडौँ) ले कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रणालीमार्फत नयाँ नियुक्ति गर्न दरखास्त आह्वान गरेको छ। बोर्डले सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र रीतपूर्वक दरखास्त पेस गर्न आग्रह गरेको छ।

सडक बोर्ड ऐन, २०५८ को दफा २१ बमोजिम कार्यकारी निर्देशक पदका लागि सिभिल इन्जिनियरिङ वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी इन्जिनियरिङ वा सडक व्यवस्थापनसम्बन्धी क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव भएका व्यक्तिहरूले आवेदन दिन सक्नेछन्। आवेदकको उमेर ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको छ।

दरखास्तका साथ व्यक्तिगत विवरण, शैक्षिक योग्यता र नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, कार्यअनुभवको प्रमाण, नेपाल इन्जिनियरिङ परिषद्को प्रमाणपत्र (इन्जिनियरको हकमा) तथा छुट्टै सिलबन्दी खाममा व्यवसायिक कार्ययोजना (Concept Paper) पेस गर्नुपर्नेछ। छनोट हुने कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ।

दरखास्त फाराम बोर्डको कार्यालय मीनभवनमा बुझाउन सकिनेछ भने फारामको ढाँचा तथा अन्य विस्तृत विवरण सडक बोर्ड नेपालको आधिकारिक वेबसाइट (www.rbn.org.np) बाट प्राप्त गर्न सकिनेछ।

Leave Your Comment

Related News