RE
Global College

भक्तपुर सूर्यविनायकको कवाडी गोदाममा आगलागी, ५० लाखको क्षतिको अनुमान

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ कपाली टोलस्थित कवाडी गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ। सोमबार बिहान करिब साढे ६ बजे बीके सप्लायर्सको कवाडी गोदाममा आगलागी भएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक कार्कीका अनुसार दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। आगलागीबाट कवाडी गोदाममा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ।

गोदामसँगै जोडिएको दिनेश मचामसीको घरको ट्रस्ट संरचनामा समेत आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगलागीबाट कुल ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीका अनुसार विद्युत्को तार सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Leave Your Comment

Related News